दिपायल – डोटीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको आदर्श गाउँपालिका – ३ की ४२ वर्षीय बसन्ती भट्टको मंगलबार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।
गाऊ नजिकैको बैखेत भन्ने खोलामा घाँस काट्दा भिरबाट लडेर खोलामा ६ घन्टा पछि उनी मृत अवस्थामा भेटिएको स्थानिय मोहन भट्टले बताएका छन् ।