KhabarUjyalo

एकैदिन सुनको मूल्य ९०० रूपैयाँले बढ्याे

१९ पुष २०७९, मंगलवार
एकैदिन सुनको मूल्य ९०० रूपैयाँले बढ्याे

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार स्थिर सुनको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारको तुलनामा ९ सय रूपैयाँ बढेर १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला  एक लाख १७ सय रूपैयाँमा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन १ लाख २ हजार एक सय रूपैयाँ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर एक हजार चार सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo