Khabar Ujyalo

सेती अस्पतालमा सीटी स्क्यान सेवा सुरु, मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

१७ पुष २०७९, आईतवार
सेती अस्पतालमा सीटी स्क्यान सेवा सुरु, मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सीटी स्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमकोबीच सीटी स्क्यान सेवाको उद्घाटन गरे।

सो क्रममा उनले आफ्नो पालामा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताए। सीटी स्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने मुख्यमन्त्रीको विश्वास थियो। उनले नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई आग्रह गरे।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७र७८ मा सीटी स्क्यानका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्दा छ करोड ८७ लाख रुपियाँमा सीटी स्क्यान मसिन खरिद भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। हेमराज पाण्डेयले जानकारी दिए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.