१० जेष्ठ २०७९, मंगलवार

पैसा नभएको खाताको चेक काटेर दिनेलाई १२ लाख जरिवाना, २ दिन जेल

७ माघ २०७८, शुक्रबार
[Sassy_Social_Share]
पैसा नभएको खाताको चेक काटेर दिनेलाई १२ लाख जरिवाना, २ दिन जेल

काठमाडौं- बैंकिङ कसुरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति आज जेल चलान भएका छन् ।

दोलखा घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले आजै उनलाई कारागार चलान गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।

उनलाई विसं २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र रु बाह्र लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo