१० जेष्ठ २०७९, मंगलवार

कांग्रेसको कैलाली सहित १६ जिल्लाको अधिवेशन फेरि स्थगित

७ माघ २०७८, शुक्रबार
[Sassy_Social_Share]
कांग्रेसको कैलाली सहित १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौँ – कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ। यही माघ १५ गते तय भएको अविधेशनमा कोरोना महामारीका कारण निर्वाचन समितिले स्थगित गरेको हो।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार शुक्रबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि बैठक स्थगित गरेको छ।

गत मंसिर २४ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन भए पनि कांग्रेसले १६ जिल्लाको अधिवेशन गर्न सकेको छैन। अविधेशन हुन बाँकी जिल्लामा मधेश प्रदेशका आठसहित छन्।

मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo