KhabarUjyalo

नारायणहिटी र पशुपति धर्मशालापछि मन्त्री आलेले अब हायात होटलको छानबिन गर्ने

४ माघ २०७८, मंगलवार
नारायणहिटी  र पशुपति धर्मशालापछि मन्त्री आलेले अब हायात होटलको छानबिन गर्ने

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अब हायात होटलमाथि छानबिन गर्ने बताएका छन्।

मन्त्री आलेले हायात होटलले स्वामित्वमा लिएको सरकारी जग्गा हिनामिना भएको भन्दै छानबिन हुने बताएका हुन्।

बौद्धमा रहेको हायात होटल परियोजनामा सरकार ठगिएको भन्दै नयाँ सरकार आउनेबित्तिकै चर्चा चल्ने गरेको छ। बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घट्दै गएको छ।

सुरूमा सरकारको ३९ प्रतिशत सेयर रहेको हायातको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको हिस्सा अहिले ९ प्रतिशतमा झारिदिएको आरोप छ।

कोभिड कारण मन्त्री आले अहिले होम आईसोलेसनमा छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo