KhabarUjyalo

कोच प्रमोद टिमका जेनिस उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स नेपाल’ !

१ माघ २०७८, शनिबार
कोच प्रमोद टिमका जेनिस उप्रेती बने पहिलो ‘द भ्वाइस किड्स नेपाल’ !

काठमाडौं। जेनिस उप्रेती गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को पहिलो विजेता बनेका छन् । फाइनलमा पुगेका ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो द भ्वाइस किडस् नेपाल बनेका हुन् । उनी कोच प्रमोद खरेलको टिममा थिए । विजेता बनेसँगै उनले १५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यो फ्रेन्चाइजी शो नेपालमा केही वर्ष अगाडि नै आएको हो । द भ्वाइस अफ नेपालको सिनियरतर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ । तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स नेपाल’को यो पहिलो सिजन थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo