७ माघ २०७८, शुक्रबार

अब महिला मन्त्रीको पतिलाई ‘मन्त्रो’ भन्ने !

३० पुष २०७८, शुक्रबार
अब महिला मन्त्रीको पतिलाई ‘मन्त्रो’ भन्ने !

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनु पर्ने तर्क गरेकी छन् । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टि कोणबाट मात्र हेरिएको छ,’ साझा प्रकाशनको २५ औं वार्षिक साधारण सभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठ भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन ।

पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस्।’ नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पना मात्र गर्न नहुनेसमेत उनले बताइन् । भनिन्— ‘नेपाली वाम ङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पना मात्रै गरेको गरेको पाइन्छ । अब यसलाई पनि हेर्नुपर्ने हुन्छ ।’

त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समय देखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् । त्यसैगरी ‘साझा बाल साहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा.डा. कुलप्रसाद कोइरालाल सम्मानित भएका छन्

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo