७ माघ २०७८, शुक्रबार

थारु समुदायले नयाँ वर्षको रूपमा माघी पर्व मनाईदै

३० पुष २०७८, शुक्रबार
थारु समुदायले नयाँ वर्षको रूपमा माघी पर्व  मनाईदै

धनगढी  ३० पुष। आज पुसको अन्तिम दिन । गाउँ–गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी औपचारिक रुपमा सुरु भएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरूको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रूपमा मनाइन्छ । माघ महिना लागेसँगै थारु संवत २६४४ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुनेछ ।

पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ ९उपहार० छुट्याउने चलन थारु समुदायमा रही आएको छ यति गरिसकेपछि मान्यजनहरूसँग आशीर्वाद थाप्दै ढिक्री, बंगुरको मासु, तरुललगायतका परिकार खाँदै माघ मनाइने गरेको थारु समुदायका जानकारहरू बताउँछन् ।

‘बिहानै नुहाएर आइसकेपछि उनीहरूको सम्मान स्वरूप डेउराहार ९देउताको थान भएको घरको सबभन्दा उत्तरपूर्वको कोठा०मा चामल, दाल, तेल, नुन, खुर्सानी, हल्दी आदि अन्नहरू राखिएको हुन्छ’, थारु नेता लाहुराम चौधरी भन्छन्, ‘त्यसलाई सबैभन्दा पहिले ३र३ वा ५र५ अञ्जुली सबै वस्तु अलग–अगल छुट्याउने गरिन्छ । यसरी छुट्याएको भागलाई हामीले निस्राउ भन्छौँ । त्यो भाग सके त्यही दिन नसके अन्य कुनै दिन हाम्रा विवाहित छोरीलाई उनकै घर गएर दिन्छौँ । यसले हाम्रो छोरी र माइतीबीच सद्भाव कायम हुन्छ ।’

थारु समुदायले माघ १ गते खानपिन, ढोगभेट र रमाइलोमै बिताउने गरेको छ । दिउँसोभरि आशीर्वाद थाप्ने र मीठोमसिनो खानुका साथै साँझबाट मघौटा नाच्ने र धमार गाउने गरिन्छ ।माघ महिनासँगै नयाँ आर्थिक वर्ष सुरु भएकाले थारु समुदायले माघ २ गतेदेखि अघिल्लो वर्षको समीक्षासँगै योजना तर्जुमा र नेतृत्व (भल्मन्सा, चिराकीरचौकीदार)को जिम्मेवारी हेरफेरमा जुट्ने गरेको छ । माघ २ गतेदेखि नयाँ भल्मन्सा (बड्घर), देशबन्ध्या (बर्का गुरुवा) चुन्ने वा पुरानैलाई निरन्तर जिम्मेवादी दिने विषयमा भल्मन्साको घरमा बसेर छलफल गर्ने गरिन्छ ।

पुरानै राख्ने भए त्यसलाई पनि लोकतान्त्रिक पद्धतिद्वारा अनुमोदन गर्ने चलन समेत थारु समुदायमा रहीआएको छ । गाउँमा नयाँ वर्षभरिका लागि नयाँ नियम बनाउने गरिएको थारु नेता माधव चौधरीले बताए ।थारुहरूको घरभित्र भने छोराछोरीको बिहे गर्ने, आउने वर्ष कुन खेत कसले जोत्ने र त्यस खेतमा कुन बाली लगाउने वा कुन व्यवसाय गर्ने भनी छलफल हुनेगरेको छ । विगतमा थारु समुदायमा रहेको कमैयारकमलरी राख्ने कुप्रथा पूर्ण रूपमा हटेको छ ।

भाइभाइ घर फुट्ने चलन नराम्रो रहेकाले त्यसलाई न्यूनीकरण गर्नुपर्ने जागरण आएपछि थारु समुदायमा यी विषयमा छलफल हुन छाडेको बताउँछन्, थारु नेता ठाकुर करियाप्रधान ।थारु समुदायले पुस मसान्तदेखि माघको पहिलो सातासम्म यी सबै काम गरिसक्छन् । माघको एक सातामा योजना तर्जुमा गरी उनीहरू काममा फर्किने गरेका छन् । काम गर्दै जाँदा माघीमा बनाएको नियम प्रयोगात्मक नभएमा, कुनै अर्को नियमसँग बाझिएमा वा कसैको चित्त नबुझेमा भल्मन्साद्वारा विशेष बैठक बोलाई छलफल गर्ने र संशोधन गर्ने चलन थारु समुदायमा छ ।

थारुहरूको महान पर्व माघीलाई लक्षित गर्दै प्रदेश सरकारले थप एक दिन प्रदेशभरि सार्वजनिक बिवदा दिने निर्णय गरेको छ ।माघ १ गते शनिबार भएकाले ‘माघ २ गते (आइतबार) थप एक दिन माघी पर्वमा सुदूरपश्चिम प्रदेशभर’ सार्वजनिक बिदा दिइएको प्रदेश सरकारद्वारा जारी प्रदेश राजपत्रमा उल्लेख रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo