KhabarUjyalo

सेती अस्पतालमा थप ६६ जनामा कोरोना संक्रमण

३० पुष २०७८, शुक्रबार
सेती अस्पतालमा थप ६६ जनामा कोरोना संक्रमण

धनगढी,३० पुस । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२१ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा थप ६६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा थप ६ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमध्ये चारजना विरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo