७ माघ २०७८, शुक्रबार

कैलालीको गोदावरीमा बालुवा बोकेको ट्याक्टरबाट ५५ थान सालको काठ बरामद

३० पुष २०७८, शुक्रबार
कैलालीको गोदावरीमा बालुवा बोकेको ट्याक्टरबाट ५५ थान सालको काठ बरामद

धनगढी : प्रहरीले कैलालीमा बालुवा बोकेको ट्याक्टरमा बालुवा भित्र लुकाई छिपाई गरी ल्याइरहेको अवस्थामा सालको काठ बरामद गरेको छ।

शुक्रबार जिललाको गोदावरी नगरपालिका -७ गौडीस्थित सडकखण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से.१ त. ८८६७ नम्बरको बालुवा बोकेको ट्याक्टरबाट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त ट्र्याक्टरबाट ५५ थान सालको काठ (कडी) फेला पारी आवस्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय अत्तरीया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

चालक गोदावरी ७ तेकुल्लाका ३६ वर्षीय हर्क कुमाललाई नियन्त्रणमा लिइएको बताइएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo