७ माघ २०७८, शुक्रबार

हरिवंशको मार्मिक र संदेशमुलक ‘कर्कलो कोक्याउला’ गित १८ घण्टामै युट्युव ट्रेन्डिङको १३ नम्बरमा !

३० पुष २०७८, शुक्रबार
हरिवंशको मार्मिक र संदेशमुलक ‘कर्कलो कोक्याउला’ गित १८ घण्टामै युट्युव ट्रेन्डिङको १३ नम्बरमा !

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।सार्वजनिक भएको उक्त गित १८ घण्टामै युट्युव ट्रेन्डिङको १३ नम्बरमा पुगेको छ । भने ४ लाख १७ हजारबढी पटक हेरिसकेको छ । हरिवंशलाई स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

राइजिङ मलस्थित क्युएस सिनेमा हलमा बिहीबार गीतको म्युजिक भिडियो देखाएर औपचारिक समारोहका बीच सार्वजनिक गरेको थियो । मानव बेचबिखनविरुद्ध सामाजिक सन्देश बोकेको गीतका निर्माता सरोज ओलीले महजोडीका सर्ट फिल्मबाट प्रभावित भएर सन्देशमुलक म्युजिक भिडियो बनाउन सुरु गरेको बताए ।

किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन् । भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । विदेशमा कसरि नेपाली चेलीलाई फकाएर लगेर बेचिन्छ भन्ने कथा भिडियोले बोलेको छ । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नवीन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको छ । हरिवंश र स्वस्तिमाले अभिनय गरेका छन् । काभ्रे र दक्षिणकालीमा सुटिङ भएको भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo