KhabarUjyalo

भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिए

३० पुष २०७८, शुक्रबार
भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौँ – भारतमा एकै दिन अढाई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ९० हजार ९१६ जना कोरोनामुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या १२ लाख ८० हजार नाघेको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ६५ लाख ७१ हजार ४२३ पुगेको छ । तीमध्ये ३ करोड ४८ लाख निको भइसकेका छन् भने ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo