७ माघ २०७८, शुक्रबार

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

२७ पुष २०७८, मंगलवार
विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

आनुवांशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने अमेरिकामा डेभिड बेनेट विश्वका पहिलो व्यक्ति भएका छन् । मुटु प्रत्यारोपण गरिएका बेनेटले आफू बाँच्न सक्ने आशा व्यक्त गरेका छन् ।

डाक्टरका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले सुँगुरको मुटु प्रत्यारोपणको प्रक्रिया गर्न विशेष छुट दिएको थियो ।

सुँगुरको मुटु प्रत्यारोपण गर्ने डाक्टरको टोलीले परीक्षण सफल भएपछि विश्वभरका मानिसको जीवनलाई परिवर्तन गर्न सक्ने आशा जगाएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

शल्यचिकित्सक बाट्र्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ ।

अहिले अमेरिकामा मात्रै दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ । यसअघि सन् २०२१ को अक्टोबरमा न्युयोर्कमा मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo