७ माघ २०७८, शुक्रबार

यसरी मनाइयो पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती

२७ पुष २०७८, मंगलवार
यसरी मनाइयो पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती

काठमाडौँ । पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइएको छ । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले माल्यार्पण गरेर उनको स्मरण गरिएको हो ।

आज (मंगलबार) बिहान सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो । सो क्रममा नेपाली सेनाको टोलीले सम्मान तथा सलामी समेत टक्य्राएको थियो ।

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायणलाई सर्वसाधारणदेखि राजनेताहरुले सम्झँदै आएका छन् । आज परेको उनको ३०० औँ जन्मजयन्तीमा विभिन्न राजनीतिक दलका नेता, संघ-संस्था तथा सर्वसाधारण समेत उनको सालिकमा माल्यार्पण गर्दै श्रद्धा प्रकट गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo