७ माघ २०७८, शुक्रबार

चर्चित गायिका एलिना चौहानले ल्याइन् नयाँ गित ‘पानी घट्टमा’ (भिडियो सहित)

२६ पुष २०७८, सोमबार
चर्चित गायिका एलिना चौहानले ल्याइन् नयाँ गित ‘पानी घट्टमा’ (भिडियो सहित)

काठमाडौं : चर्चित गायिका एलिना चौहानको नयाँ गित ‘पानी घट्टमा’ बजारमा ल्याएकी छन् । उक्त गितमा गायिका चौहानलाई गायक रविन्द्र ठकुरीले साथ दिएका छन् ।

एलिना चौहान पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका सयौं गीतहरु स्रोता दर्शकले रुचाइएका छन् । चलचित्र, आधुनिक तथा स्टेज कार्यक्रममा एलिनाको उच्च माग बढ्दो छ । गितमा शब्द र संगीत रविन्द्र ठकुरीको रहेको छ। भने गितको एरेन्ज विशाल निरौलाले गरेका छन् । अडियो मिक्सिङ्ग कुमार रानाले गरेका छन् ।

गीतको म्युजिक भिडियोको फिचर्डमा एलिना चौहान, रबिन्द्र ठकुरी र रेशम परियार रहेका छन् । म्युजिक भिडियो एलिना चौहानको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ।

म्युजिक भिडियोको सम्पादन लक्षुमन चौहानले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशनले बिक्रम चौहानले गरेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo